• सोमवार, श्रावण ११ गते २०८३

वानएक्स बेट प्रकरणमा पक्राउ परेका बल्छी ध्रुवेसहितका कलाकारहरू धरौटीमा रिहा

वानएक्स बेट प्रकरणमा पक्राउ परेका बल्छी ध्रुवेसहितका कलाकारहरू धरौटीमा रिहा

वानएक्स बेट प्रकरणमा पक्राउ परेका बल्छी ध्रुवेसहितका कलाकारहरू धरौटीमा रिहा

  • 2.3K
    SHARES

  • वानएक्स बेट प्रकरणमा पक्राउ परेका बल्छी ध्रुवेसहितका कलाकारहरू धरौटीमा रिहा

    काठमाडौँ- अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारहरु धरौटी बुझाएर रिहा भएका छन् ।

    बल्छी ध्रुबे र राजु मास्टरसहितका आठ जना कलाकार बुधबार पाँच हजार धरौटी तिरेर रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंको आदेशमा उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् ।

    प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।

    यस्तै दिनेश खड्का १० लाख धरौटी बुझाएर रिहा भएका छन् भने अनिता धिताल पाँच लाख धरौटी बुझाएर रिहा भएकी छन् । दिनेश र अनितालाई भने ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।

    कुशल पोख्रेललाई भने फरार प्रतिवादी बनाइएको छ। कलाकारहरुले सट्टेबाजीको प्रचारप्रसार गरेकाले उनीहरुलाई विज्ञापन नियमन ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिको कसुर मागदाबी गरिएको थियो। विज्ञापन ऐनको कसुरमा भने १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

     


     

    सामाजिकपत्र

    • बुधवार, आषाढ २७ २०८००८:३४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology