• सोमवार, श्रावण ११ गते २०८३

पोखराका मेयरलाई पत्र लेख्दै लाउरेले भने- पोखराका सडक बत्ती नागरिकको भविष्य जस्तै धमिलो छन्

पोखराका मेयरलाई पत्र लेख्दै लाउरेले भने- पोखराका सडक बत्ती नागरिकको भविष्य जस्तै धमिलो छन्

पोखराका मेयरलाई पत्र लेख्दै लाउरेले भने- पोखराका सडक बत्ती नागरिकको भविष्य जस्तै धमिलो छन्

  • 12.4K
    SHARES

  • पोखराका मेयरलाई पत्र लेख्दै लाउरेले भने- पोखराका सडक बत्ती नागरिकको भविष्य जस्तै धमिलो छन्

    पोखरा । र्‍यापर आशिष रानामगर (लाउरे) ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ११ बुँदे खुलापत्र लेखेका छन् । लाउरेले बुधबार सामाजिक सञ्जालमार्फत पोखराका मेयर आचार्यलाई खुलापत्र लेखेका हुन् ।

    उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जस्तै काम गर्न सुझाव दिएका छन् ।

    ¥यापर लाउरेले पोखराका लगभग हरेक सडक बत्ती नेपाली नागरिकको भविष्य जस्तै धमिलो भएको बताएका छन् । ‘कुनै पनि सडक बत्तीहरू रातको समयमा सुरक्षित र निर्धक्क भएर सवारी साधन चलाउन पर्याप्त उज्यालो छैन,’ उनले लेखेका छन् ।

    बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिने ¥यापर लाउरेले उल्लेख गरेका छन् । ‘पोखरा नेपालको सुन्दर, सफा र पर्यटकीय सहर भनेर चिनिन्छ तर पोखराको प्रवेशद्वार (रंगशाला, चाइनिज पुल) नजिकैको बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिन्छ । जसरी उनीहरुले सबै फोहोर बेवास्ता गरेर सडकमा फाल्छन्,’ उनले लेखेका छन् ।

     

    उनले मेयरलाई व्यक्तिगत रूपमा पोखराका प्रत्येक टोलमा खेल मैदान वा जनस्वास्थ्य तथा फिटनेस सेन्टर खोल्न आग्रह गरेका छन् ।

    युवाहरूलाई खेलकुद र फिटनेसमा संलग्न गराउने जसले गर्दा बेचैन र उत्साही युवाहरूलाई उनीहरूको ऊर्जा र यो सानो पहलहरूले भविष्यका खेलकुद च्याम्पियनहरूलाई जन्मदिन सक्छ । र सबैभन्दा महत्वपूर्ण कुरा, यसले समाजमा लागुऔषधको समस्या, युवाहरूमाझ हुने गिरोह हिंसा उन्मूलन गर्नेछ,’ लाउरेले लेखेका छन् ।मेयरलाई सघाउन आफूसमेत तयार रहेको लाउरेले स्पष्ट पारेका छन् ।

     

    सामाजिकपत्र

    • बुधवार, आषाढ २७ २०८००९:१०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology