• आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

  • 1.8K
    SHARES

  • राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

    काठमाडौं। आज राष्ट्रिय सभा बैठक बस्दै छ। यसअघि हिजो स्थगित भएको बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेका लागि बैठक बोलाइएको हो।

    सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ। त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ।

    त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८०१०:३८:३६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology