• सोमवार, श्रावण ११ गते २०८३

मुलुकभरी फैलियो पशु चौपायामा लाग्ने लम्पी स्किन रोग

मुलुकभरी फैलियो पशु चौपायामा लाग्ने लम्पी स्किन रोग

मुलुकभरी फैलियो पशु चौपायामा लाग्ने लम्पी स्किन रोग

  • 2.1K
    SHARES

  • मुलुकभरी फैलियो पशु चौपायामा लाग्ने लम्पी स्किन रोग

    काठमाडौ- पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकभरी नै फैलिएको छ । २०७७ साल साउन २२ गते मोरङको सुन्दर हरैंचा नगरपालिकामा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । तर, अहिलेसम्म देशका ७६ जिल्लामा लाग्ने लम्पी स्किन रोग फैलिएको पशुसेवा विभागले जनाएको हो ।

    लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट पशु चौपायामा लाग्ने यो रोगका कारण गाईभैसीका खुट्टा सुनिने, जीउभरी फोका आउने, कानमा गिर्खा देखिने जस्ता लक्षणहरू देखिने गरेका छन् । पशुसेवा विभागको एक तथ्याङ्कअनुसार असार २५ सम्म ७ लाख ६४ हजार बढि चौपायामा रोग देखापरेको छ । झण्डै पाँच लाख निको भएपनि २७ हजार मरेका छन् भने साढे दुई लाखमा अझै रोग सक्रिय रूपमा रहेको जनाएको छ ।

    लम्पी स्किनको निदानका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको जनाउँदै विभागले २ लाख २२ हजार खोप लगाइएको पशु सेवा विभागले जनाएको छ ।तर, किशासनहरू भने रोग नियन्त्रणमा आउन नसकेको भन्दै आन्दोलित भएका छन् ।

    समयमा पशुचौपायालाई खोपको व्यवस्था गर्नका साथै त्यसबाट प्रभावित किसानलाई उचित रोहतको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन् । राष्ट्रिय किसान सञ्जालको अगुवाइमा ललितपुर हरिहरभवनस्थित विभाग परिसरमा बुधबार १ घण्टा धर्ना दिएका छन् । आफ्ना मागहरूको सुनुवाइ नभए आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८०१०:४२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology