• आइतवार, आश्विन ४ गते २०८३

बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १८ वटा एकतर्फी

बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १८ वटा एकतर्फी

बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १८ वटा एकतर्फी

  • 1.9K
    SHARES

  • बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १८ वटा एकतर्फी

    काठमाडौँ- अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १८ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

    केचना-चन्द्रगढी, चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

    त्यस्तै चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ।

    मनसुन सुरू भएयता १७ वटा सडक ८९ स्थानमा अवरूद्ध भएको थियो।

     

    अहिलेसम्म २४ करोड ९६ लाखको अनुमानित क्षति भएको विभागले जानकारी दिएको छ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८०१०:५०:०८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology