• सोमवार, श्रावण ११ गते २०८३

लम्पी स्किन रोग रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात

लम्पी स्किन रोग रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात

लम्पी स्किन रोग रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात

  • 1.8K
    SHARES

  • लम्पी स्किन रोग रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात

    काठमाण्डाै - पशुचौपायामा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि अहिलेसम्म १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये २ लाख २२ हजार ७ सय ५१ पशुलाई लगाइएको पशु सेवा विभागले जनाएको छ ।

    रोगको महामारी नियन्त्रण गर्नका लागि सरकारले निजी क्षेत्रलाई खोप आयातको स्वीकृति दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारीले बताउनुभएको छ । उहाँका अनुसार गाईभैँसीको खोपका लागि ०७९/८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक हरेक पालिकामा महामारी नियन्त्रण गर्न सङ्घीय सःसर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको छ । यो रकमबाट उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह गरेको डा.तिवारीले बताउनुभयो । लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै राहतको मागसहित किसानले आन्दोलन थालेका छन् ।

    हिजो विभिन्न ६ बुँदे मागसहित पशु सेवा विभाग परिसरमा उनीहरुले धर्ना समेत दिएका थिए । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ । डा. तिवारीका अनुसार लम्पी रोग देखिनेबित्तिकै गाईभैँसीलाई बथानबाट छुट्याएर अलग्गै राख्नुपर्छ । ज्वरो आएको पशुलाई आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन पनि उहाँको आग्रह छ ।

    पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजारभन्दा धेरै पशुचौपायामा यो रोग देखिएको छ । सङक्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् । अहिले २ लाख ४४ हजारभन्दा धेरै पशुमा रोगको सङ्क्रमण छ ।

    समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसके झण्डै २५ लाख पशुचौपायामा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने नेपाल पशु चिकित्सा परिषद्को अनुमान छ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८०१२:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology