• आइतवार, आश्विन ४ गते २०८३

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ

  • 2.1K
    SHARES

  • सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ

    उदयपुर- सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

    सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी  गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्टसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

    उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

    साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ।

    उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८००२:०४:५७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology