• सोमवार, श्रावण ११ गते २०८३

जहाज खरिद मेरो निजी स्वार्थ होइन, राष्ट्रिय आवश्यकता होः पर्यटनमन्त्री किराती

जहाज खरिद मेरो निजी स्वार्थ होइन, राष्ट्रिय आवश्यकता होः पर्यटनमन्त्री किराती

जहाज खरिद मेरो निजी स्वार्थ होइन, राष्ट्रिय आवश्यकता होः पर्यटनमन्त्री किराती

  • 7.3K
    SHARES

  • जहाज खरिद मेरो निजी स्वार्थ होइन, राष्ट्रिय आवश्यकता होः पर्यटनमन्त्री किराती

    काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

    बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभइ राष्ट्रिय आवश्यकताको विषय रहेको बताएका हुन्।

    ‘दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरु निर्माण भएका छन्। तर त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो,’ उनले भने।

    उनले  दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको पनि उनको भनाइ छ।

    उनले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि जानकारी बताए।

    ‘आवश्यक परे सरकारले सहजीकरण मात्र गर्न र नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन गरिसकेको छु,’ उनले भने।

    उनले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको बताउँदं विमानस्थलको संख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बढाउनुपर्नेमा जोड दिए।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८००२:३८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology