• सोमवार, श्रावण ११ गते २०८३

सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

  • 2.4K
    SHARES

  • सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन्। राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    ‘सुशासन समृद्धिको पूर्वसर्त हो। सुशासनलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौं। सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्छ,’ उनले भने, ‘सुशासनका सन्दर्भमा सरकारले चालेको कदमलाई सिंगो देश र सदनले जुन समर्थन व्यक्त गरेको छ, त्यसको म उच्च मूल्यांकनसहित आभार व्यक्त गर्न चाहन्छु।’

    धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन्, दोषी अपराधी नछुटुन् भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको बताए। उनले साधन स्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको जानकारी दिए।

    ‘प्रहरी फोर्सभित्र वृत्ति विकास र भौतिक पूर्वाधारको समस्या छ,’ उनले भने, ‘सीमा सुरक्षा, अपराध नियन्त्रण, शान्ति सुरक्षा प्रभावकारी बनाउने, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, भेदभावको अन्त्यका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन साधन स्रोतको सीमाका बाबजुद हामी अधिकतम प्रयास गरिरहेका छौं।’

    सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दृढ रहेको उनको भनाइ छ। तस्करी, लागुऔषधको ओसारपसार तथा दुव्र्यसनी नियन्त्रण गर्न मन्त्रालयले गम्भीरतापूर्वक काम अगाडि बढाएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८००७:५७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology