काठमाडौं- सरकारले बुढीगण्डकी आयोजनामा पुरानै हाकिमलाई निरन्तरता दिएको छ । आयोजना इकाईका प्रमुख रहेका डा. जगत श्रेष्ठलाई नयाँ कम्पनीको हाकिममा नियुक्त गरेको हो ।
श्रेष्ठ बुढीगण्डकी जलविद्युत पब्लिक लिमीटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका हुन ।
१२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना निर्माण गर्न स्थापना गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीस्तरीय निर्णय भएका हुन् ।
गत बर्षको भदौमा १७ गते ऊर्जा मन्त्रालयको नेतृत्वमा आयोजना निर्माण गर्ने गरी कम्पनी स्थापना भएको थियो तर अहिले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा निर्माण गर्ने गरी आयोजना अघि बढेको छ ।
बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुर्नस्र्थापना इकाईका संयोजक समेत रहेका श्रेष्ठलाई सरकारले प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानमा २५ बर्ष प्राध्यापन गरेका पूर्व सहायक डिन र पूर्वाधार विकास केन्द्रका पूर्व निर्देशक समेत हुन् ।