• सोमवार, श्रावण ११ गते २०८३

आज आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती

  • 1.9K
    SHARES

  • आज आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती

    काठमाडौं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ। काठमाडौं, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन्।

    विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए। उनका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’ लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्।

    नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त रामायणका अनुवादकका रूपमा प्रख्यात छन्। उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए।

    यसैबीच गण्डकी प्रदेशले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। प्रदेश मन्त्रिपरिषद्को मिति २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा उक्त दिन बिदा दिने निर्णय गरिएको हो।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ २९ २०८०१०:०४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology