• आइतवार, आश्विन ४ गते २०८३

बाजेको कुटाइबाट नातीको मृत्यु

बाजेको कुटाइबाट नातीको मृत्यु

बाजेको कुटाइबाट नातीको मृत्यु

  • 2.1K
    SHARES

  • बाजेको कुटाइबाट नातीको मृत्यु

    बैतडी। बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो। बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाती रिजन साउद गम्भीर घाइते भएका छन्। उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आइसियुमा राखेर उपचार हुँदैछ।

    बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिठ गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए। रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन्। कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ २९ २०८०११:०४:५८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology