• आइतवार, आश्विन ४ गते २०८३

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

  • 2.1K
    SHARES

  • स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

    जानकी। नेपाल-भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाखसहित एक जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

    सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन्।

    कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद गरिएको हो। मोटरसाइकल चालक भारततर्फ भागेका थिए। रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ २९ २०८०११:१०:०८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology