• आइतवार, आश्विन ४ गते २०८३

नेपालमा ‘पार्ट टाइम’ काम गर्न पाउने व्यवस्था गर्न सोविता गौतमको माग

नेपालमा ‘पार्ट टाइम’ काम गर्न पाउने व्यवस्था गर्न सोविता गौतमको माग

नेपालमा ‘पार्ट टाइम’ काम गर्न पाउने व्यवस्था गर्न सोविता गौतमको माग

  • 2.2K
    SHARES

  • नेपालमा ‘पार्ट टाइम’ काम गर्न पाउने व्यवस्था गर्न सोविता गौतमको माग

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पार्ट टाइम काम गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले छिमेकी देशहरुसँग मागेर मात्र देश समृद्ध नहुने बताउँदै नेपालको दिगो विकासका लागि स्वदेशभित्र भएका संभावनाहरुको खोजी सुरु गर्नुपर्ने बताइन् । 

    उनले भनिन्–‘नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्छ । नेपालमा आन्तरिक श्रमबजारहरुको खोजी गरिनुपर्छ । नेपालमा पार्ट टाइम जब सिष्टमको सुरुवाता गरिनुपर्छ । अर्थतन्त्रलाई कर र सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक छ । पार्ट टाइम कामदारलाई घण्टा अथवा दिएको कामको आधारमा बैंकिङ च्यानलमार्फत भुक्तानीको विकास गरिनुपर्छ । यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भई युवाहरु आर्थिक हिसाबले आत्मनिर्भर हुन सक्छन् ।’

    यसबारे सरकारले के तयारी गर्दैछ भनेर उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग जवाफ मागेकी छिन् ।

     

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ २९ २०८००५:१९:३८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology