काठमाडौं- प्रहरीले ठमेलका नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिट गर्ने युवराजसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नुवाकोट ककनीका ३३ वर्षीया युवराज गुरुङ (सानुभाइ), टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो ।
उनीहरूमाथि रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रुपैयाँको खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट तथा तोडफोड गर्ने गरेकाे आरोप छ ।