• सोमवार, श्रावण ११ गते २०८३

कुनै पनि प्रकरणमा अनुसन्धान रोकिएको छैन : गृहमन्त्री

कुनै पनि प्रकरणमा अनुसन्धान रोकिएको छैन : गृहमन्त्री

कुनै पनि प्रकरणमा अनुसन्धान रोकिएको छैन : गृहमन्त्री

  • 1.9K
    SHARES

  • कुनै पनि प्रकरणमा अनुसन्धान रोकिएको छैन : गृहमन्त्री

    चितवन। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको स्पष्ट पारेका छन्। भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले अनुसन्धानका क्रममा ढिलो चाँडो हुनसक्ने बताए।

    गृहमन्त्री श्रेष्ठले तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताए। यसमा प्रहरीलाई कुनै दबाब नदिएको उनको भनाई छ। कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभई तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको उनले बताए।

    गृहमन्त्री श्रेष्ठले निर्दोष नफस्ने र दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताए। उनले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताए। उनले तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा नगर्ने बताए।

    ‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन,’ गृहमन्त्री श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनेका छैनौं। हामी त्यस्तो कुरा गर्दैनौं। निर्दोष फस्ने र दोषी उम्किने हुँदैन। तपाईंहरू काम गर्नुस् भनेका छौं। प्रहरीले त्यसैगरी कम गरिरहेको छ।’

    प्रहरी र सिडिओले मिटरब्याज पीडितका मुद्दा नलिएर दुःख दिएको कुरा उठेपछि श्रेष्ठले भने, ‘सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा इमानदार छ, त्यस्तो भएको छैन, यदि भएको भए पनि कारबाहीको दायरामा ल्याइनेछ।’

    सामाजिकपत्र

    • शनिवार, आषाढ ३० २०८००४:०१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology