• आइतवार, आश्विन ४ गते २०८३

दुर्गा प्रसाईँले पत्रकारलाई धम्की दिएको आरोप, महासंघले गर्‍यो भर्त्सना

दुर्गा प्रसाईँले पत्रकारलाई धम्की दिएको आरोप, महासंघले गर्‍यो भर्त्सना

दुर्गा प्रसाईँले पत्रकारलाई धम्की दिएको आरोप, महासंघले गर्‍यो भर्त्सना

  • 2.3K
    SHARES

  • दुर्गा प्रसाईँले पत्रकारलाई धम्की दिएको आरोप, महासंघले गर्‍यो भर्त्सना

    काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विकास न्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोभन्दै पत्रकार महासंघ ललितपुर शाखले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    शनिबार एक विज्ञप्ति जारी गर्दै शाखाले समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले असार २९ गते बेलुका ६ः ५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर धम्की दिएको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ,–‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ? भनेर धम्की दिएको छ ।’

    समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदा हुँदै पत्रकारकै ज्यान सिध्याइदिने धम्की दिने शक्ति दुर्गा प्रसाईंले कहाँबाट पाए ? भन्दै ललितपुर शाखाले सम्बन्धित निकायसँग यसको जवाफ माग मागेको छ ।

     

    उनको धम्कीपछि पौडेलको सुरक्षा संवेदनशीलता थपिएको भन्दै महासंघले ललितपुर शाखाले सरकार, प्रहरीलगायत निकायलाई पनि विषयवस्तुको सम्वेदनशीलता बुझ्न आग्रह पनि गरेको छ ।

    सामाजिकपत्र

    • शनिवार, आषाढ ३० २०८००४:२८:२२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology