• सोमवार, श्रावण ११ गते २०८३

सञ्चार सचिवसहित चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा संयुक्त इजलासमा

सञ्चार सचिवसहित चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा संयुक्त इजलासमा

सञ्चार सचिवसहित चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा संयुक्त इजलासमा

  • 2.0K
    SHARES

  • सञ्चार सचिवसहित चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा संयुक्त इजलासमा

    काठमाडौं। ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साहसहित ४ जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो। सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङका अतिरिक्त पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो।

    उनीहरुले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन्। चारै जनाको हकमा यसअघि एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गर्दै २४ घण्टाभित्रमा अदालतमा हाजिर गराउन आदेश जारी गरेको थियो।

    सामाजिकपत्र

    • आइतवार, आषाढ ३१ २०८००१:४२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology