• आइतवार, आश्विन ४ गते २०८३

व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार हो : सभामुख घिमिरे

व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार हो : सभामुख घिमिरे

व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार हो : सभामुख घिमिरे

  • 2.1K
    SHARES

  • व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार हो : सभामुख घिमिरे

    काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताएका छन्।

    काठमाडौंमा आज आयोजित एक शैक्षिक अवार्ड कार्यक्रममा सभामुख घिमिरेले समाजको विकासका सन्दर्भमा जुनरुपमा शिक्षाको विकास हुनुपर्ने थियो त्यसरुपमा हुन नसकेको कुरा आएको सन्दर्भमा उत्कृष्ट शिक्षा सेवा दिने शिक्षालय र व्यक्तिलाई प्रोत्साहित गर्दै आपसी हातेमालो गरेमा शैक्षिक विकासमा योगदान पुग्न सक्ने उल्लेख गरे।

    ‘हामीले प्राप्त गरेको ज्ञान र ज्ञानको हस्तान्तरण गर्दै शैक्षिक विकास र व्यावहारिक शिक्षाका माध्यमबाट मुलुकले समृद्धि हासिल गर्न सक्छ, ’ उनले भने, ‘कानून र नीति निर्माण गर्ने सन्दर्भमा संसद्को भूमिकाका लागि मेरो सधैँ सकारात्मक भूमिका हुने हुनेछ।’

    कार्यक्रममा सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले शैक्षिक विकास तथा नीतिगत सुधार र कार्यान्वयनमा सम्बन्धित सरोकारवालाबाट साझा पहल हुनुपर्नेमा जोड दिए। मुख्यसचिव अर्याल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा, शिक्षाविद् डा. सुरेशराज शर्मालगायतले विभिन्न शिक्षालय र शिक्षाकर्मीलाई सो अवसरमा सम्मान गरेका थिए।

    सामाजिकपत्र

    • आइतवार, आषाढ ३१ २०८००८:१४:४७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology