• सोमवार, श्रावण ११ गते २०८३

संवादमार्फत सहकारी पीडितको माग सम्बोधन गरियोस् : महामन्त्री शर्मा

संवादमार्फत सहकारी पीडितको माग सम्बोधन गरियोस् : महामन्त्री शर्मा

संवादमार्फत सहकारी पीडितको माग सम्बोधन गरियोस् : महामन्त्री शर्मा

  • 1.9K
    SHARES

  • संवादमार्फत सहकारी पीडितको माग सम्बोधन गरियोस् : महामन्त्री शर्मा

    काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारी पीडितको माग सम्बोधन गर्न माग गरेका छन्।

    संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले भने, ‘सहकारीकर्मीहरु आन्दोलनमा छन्। केही सहकारीकर्मीका कारण सयौं सहकारी आलोचित भएका छन्, सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु।’

    हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भएपनि सरकारले कुनै चासो नदेखाएको उनले गुनासो गरे। ‘ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवादमार्फत समस्या टुंगोमा पुर्‍याउने विषयमा सरकार गम्भीर हुनुपर्छ,’ महामन्त्री शर्माले भने। महामन्त्री शर्माले आजै नयाँ बानेश्वरमा ट्रेड युनियन काँग्रेसले गरेको प्रदर्शनमार्फत समेत न्यूनतम ज्याला निर्धारण गर्ने सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका थिए।

    सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर रहेको गुठीसँग सम्बन्धित समस्या समाधानका निम्ति आग्रह गरे। उनले भने, ‘हाम्रो सरकार, हाम्रा राजनीतिक दल सबै हामी समाजवादी हौं भन्छौं र किसानलाई न्याय दिन्छौं भन्छौं तर जसले पुस्तौंदेखि जमिन जोतिरहेको छ, तर आज पनि उनीहरूको जमिन दर्ता हुन सकेको छैन।’ सिन्धुपाल्चोकका अधिकांश नागरिक गुठी समस्याले पीडित भएको उनले उल्लेख गरे।

    सांसद सोविता गौतमले देशका विभिन्न क्षेत्रमा भएका हवाई दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘संसारमा यातायातका साधनमध्ये सबैभन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ, उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ, यो नियामकीय असक्षमता हो।’ उनले नेपालमा हवाईसम्बन्धी पृथक्, विशिष्टीकृत र सशक्त नियामक निकायको आवश्यकता औँल्याए।

    सामाजिकपत्र

    • आइतवार, आषाढ ३१ २०८००८:१५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology