• सोमवार, श्रावण ११ गते २०८३

संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम

संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम

संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम

  • 1.9K
    SHARES

  • संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा केही डर लाग्दा वियक प्रस्तुत भएको आरोप लगाएकी छन्। उनले संसदमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले देवानी, फौजदारी, प्रशासनिक फरक–फरक प्रकारका कानुन हालेर सरकारले ठूलो कमजोरी गरिरहेको बताइन्।

    प्रतिनिधिसभाको आइतबारको बैठका बोल्दै सांसद गौतमले यो विधेयकमा सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौति दिने दफाहरू पनि प्रस्तुत भएकाले यसप्रति आशंकाहरू उब्जिएका बताइन्।

    ‘सरकारले देवानी प्रकृतिका, फौजदारी प्रकृतिका, प्रशासनिक प्रकृतिका लगायत नितान्त फरक–फरक प्रकारका कानुनहरु पनि एउटै विधेयकमा हालेर सरकारको कार्यशैलीमा कति बचपना छ भन्नेकुरा देखाएको भान हुन्छ। डरलाग्दा नेपालको सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने दफाहरु पनि प्रस्तुत गरेका छन्,’ उनले भनिन्।

    सरकारले डरलाग्दा कानुन पास गराउनु श‌ंकाको विषय भएको बताइन्। नियतवश नै यस्ता प्रकारका कानुनहरु एउटै विधेयकमा हालेर लिएर आएको हो कि भन्नेपनि आशंका उब्जिएको उनको भनाइ छ।

    सामाजिकपत्र

    • आइतवार, आषाढ ३१ २०८०१०:१८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology