• आइतवार, आश्विन ४ गते २०८३

संसदीय दलको नेताका लागि मौका कुरिरहेको छुः गगन थापा

संसदीय दलको नेताका लागि मौका कुरिरहेको छुः गगन थापा

संसदीय दलको नेताका लागि मौका कुरिरहेको छुः गगन थापा

  • 2.2K
    SHARES

  • संसदीय दलको नेताका लागि मौका कुरिरहेको छुः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री संसदीय दलको नेताका लागि मौका कुरिरहेको बताएका छन्।

    आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय दलको नेतामा एक पटक प्रतिष्पर्धा गरेपछि अर्को पटक प्रतिष्पर्धा गर्न नपाउने व्यवस्था संसदीय दलको विधानमा नरहेका कारण दलको नेताका लागि मौका कुरिरहेको बताएका हुन्।

    संसदीय दलको नेता बदलिराख्नुपर्छ भन्ने कुरा आफुले पार्टी सभापति शेर बहादुर देउवाबाटै सिकेको थापाले उल्लेख गरे। थापाले संसदीय दलको नेताका लागि प्रयास गरिराख्नु अनौठो र अस्वभाविक कुरा नभएको जिकिर गरे।

    त्यस्तै उनले नेपाल ऐन सदनमा प्रस्तुत हुँदा आपती हुन सक्ने भन्दै छलफलका क्रममा आफ्ना धारणा राख्नुपर्ने बताए। आइतबारको बैठकमा रास्वपाले मत बिभाजन माग्ने तयारी भएपनि त्यसको समय आकंलन गर्न नसक्दा संसद अवरुद्ध हुन पुगेको उनले बताए।

    उनले संसद सिक्ने र सिकाउने थलो भएकाले पनि आगामी दिनमा थप परिपक्व हुदै जाने विश्वास व्यक्त गरे।

    सामाजिकपत्र

    • आइतवार, आषाढ ३१ २०८०१०:१८:५८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology