• सोमवार, श्रावण ११ गते २०८३

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयद्वारा रोक

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयद्वारा रोक

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयद्वारा रोक

  • 2.3K
    SHARES

  • बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयद्वारा रोक

    काठमाडौं। आजदेखि नुवाकोटको बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयले रोक लगाएका छन्। सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा रोक लगाएका हुन्।

    बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका छन्। स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन्। यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सय सम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्चमा अदालतमा रिट दायर भएको छ।

    फोहोरमैला ब्यबस्थापन संघको तर्फबाट धनप्रसाद आचार्यले गाउँपालिकाको निर्णयविरुद्ध रिट दायर गरेका हुन्। सो रिटको सोमबार पेशी तोकिएको छ। यस्तै, ककनी गाउँपालिकाको निर्णयविरुद्ध टोखा नगरपालिकाले पनि रिट दायर गरेको छ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण १ २०८०१०:४९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology