• सोमवार, श्रावण ११ गते २०८३

गोरखामा अबैध हातहतियार सहित तीन जना पक्राउ

गोरखामा अबैध हातहतियार सहित तीन जना पक्राउ

गोरखामा अबैध हातहतियार सहित तीन जना पक्राउ

  • 2.1K
    SHARES

  • गोरखामा अबैध हातहतियार सहित तीन जना पक्राउ

    गोरखा- गोरखामा अबैध रुपमा हातहतियार लुकाईछिपाइ राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहिद लखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङ घर भएका २४ बर्षका सन्दिप भुजेल, ३३ बर्षका पर्वतबाबु थापा र ४८ बर्षका कुलबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    लुकाई छिपाई राखिएको अबस्थामा उनीहरुको साथबाट तीन थान अबैध भरुवा बन्दुक समेत बरामद् गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । ‘अबैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीको टोली पुगेर खोजतलास गर्दा ३ थान भरुवा बन्दुक फेला प¥यो, उहाँले भन्नुभयो, ‘उनिहरुले घरको कोठामा लुकाएर राखेको अबस्थामा बन्दुक बरामद् भएको हो ।’ भरुवा बन्दुकसंगै सवैैलाई अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी श्रेष्ठको भनाई छ ।

    ‘अबैध भरुवा बन्दुक छुट्टाछुट्टै ठाउँमा आ–आफ्नो घरको कोठामा लुकाएका राखेको अबस्थामा भेटिएको हो, उहाँले भन्नुभयो, ‘ पक्राउ परेका तीनै जना बिरुद्ध हातहतियार तथा खरखजाना कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको हो ।’ जिल्ला अदालत गोरखाबाट आइतवार म्याद थप गरी हिरासतमा राखेर उनीहरु माथि अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण १ २०८००२:०७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology