• आइतवार, आश्विन ४ गते २०८३

तनहुँमा एक महिला मृतावस्थामा फेला

तनहुँमा एक महिला मृतावस्थामा फेला

तनहुँमा एक महिला मृतावस्थामा फेला

  • 2.0K
    SHARES

  • तनहुँमा एक महिला मृतावस्थामा फेला

    तनहुँ- तनहुँको व्यास नगरपालिका–१३ बेलबासस्थित मादीसेती नदीको किनारमा एक महिलाको शव भेटिएको छ । मादीसेती नदीको सङ्गमस्थलभन्दा करिब सात सय मिटर तल नदी किनारमा करिब ४०/४५ वर्षकी महिलाको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    नामथर, वतन केही पनि नखुलेको महिलाको शव नदीको पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार असार ३० गते दिउँसो महिला शव तैरिरहेको अवस्थामा भेटिएको हो ।

    “गहुँगोरी वर्णको मझौला शरीर, अनुहारको बाहिरी छालाको भाग सडिसकेको, टाउकोको बाहिरी छाला गलिसकेकाले कपालको भाग नभएको अवस्थामा महिलाको शव भेटेका थियौँ”, उनले भने, “शरीरको भाग फुलेको, पाँच फिट उचाइ, दाहिने कानमा बुट्टासहितको सुनजस्तो देखिने पहेँलो रङको मुन्द्रा एक थान, नाकमा सोही प्रकारको फुली एक थान र घाँटीमा रातो गेडीवाला पोते भएको माला र बायाँ हातमा रातो चुरा लगाएको अवस्थामा भेटिएको थियो ।”

    हालसम्म मृतक महिलाको सनाखतका लागि कहीँ कतैबाट आफन्त प्रहरी कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरीले आफन्त तथा परिवारजनलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

    सामाजिकपत्र

    • मंगलवार, श्रावण २ २०८००१:३५:२३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology