• सोमवार, श्रावण ११ गते २०८३

झोलुङ्गे पुल मर्मत नहुँदा सास्ती

झोलुङ्गे पुल मर्मत नहुँदा सास्ती

झोलुङ्गे पुल मर्मत नहुँदा सास्ती

  • 2.1K
    SHARES

  • झोलुङ्गे पुल मर्मत नहुँदा सास्ती

    गोरखा-  जिल्लाको मोतिखोलामा पक्की पुल नहुँदा भिमसेन थापा-३ र आरुघाट गाउँपालिका-८ को बासिन्दाहरुलाई आवातजावत गर्न समस्या भएको छ ।

    दुई गाउँपालिकाको जोड्ने पक्की पुल समेत नहुँदा आवातजावतमा स्थानीयले ठुलो समस्या भोग्नु पारेको छ । खोलामा पुल नहुँदा बिशेष गरि आरुपोखरी -८ आले गाँउ र कौसिनी गाउँको बासिन्दालाई दैनिक उपभोग्य समान खरिदका साथै बिद्यार्थीहरुको पढाइमा समेत ठूलो असर परेको छ ।

    खोलामा पक्की पुल नहुँदा बर्षातको समयमा जोखिम मोलेर खोला गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो रहेको छ । आले गाउँ र कौसिनी गाउँबाट पढ्नको लागि भिमसेन थापा गाउँपालिका -३ मा रहेको श्री संस्कृत माध्यामिक बिद्यालयमा जाने बिद्यार्थी तथा शिक्षकको पुल नहुदा समस्या झेल्नु परेको छ ।

    बर्खायाममा खोला ठूलो हुनाले तर्न नसक्दा बिद्यार्थीहरु पढ्न समेत जान सक्ने अवस्था नभएको बिद्यार्थीहरुको गुनासो रहेको छ ।

    एउटा धेरै पुरानो काठेपुल त रहेको छ । तर धेरै पटक स्थानीय जुटेर मर्मत गर्दापनि खासै प्रभावकारी नभएपछि अहिले स्थानीयहरु धेरै चिन्तित भएका छन् । यो पुल दुई गाउँपालिका जोड्ने पुल हो । तर यस बिषयमा कसैलेपनि ध्यान दिएको अबस्था छैन । यसरी दुख पाउँदापनि यहाँको सरोकारवालाहरु समेत खासै लागि नपरेको स्थानीय आशिष खनाल बताउछन् ।

    दैनिक आवातजावत गर्न नजिक पुल नहुँदा जोखिम पुर्णरुपमा मोतिखोला तर्नुपर्ने बाध्यता रहेको आरुघाट गाउँपालिका -८ कौसिनीका स्थानीय नेता तथा समाजसेवी डण्डपानी खनालले बताए । उनले भने, ‘बर्षाको समयमा त कतिबेला खोलाले बगाउँछ भन्ने डर मात्रै हुन्छ ।’

    सामाजिकपत्र

    • मंगलवार, श्रावण २ २०८००१:४६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology