• सोमवार, श्रावण ११ गते २०८३

रास्वपा सांसद असिम शाह र फिल्म हलवाला भाष्कर ढुंगानाबीच जुहारी

रास्वपा सांसद असिम शाह र फिल्म हलवाला भाष्कर ढुंगानाबीच जुहारी

रास्वपा सांसद असिम शाह र फिल्म हलवाला भाष्कर ढुंगानाबीच जुहारी

  • 2.1K
    SHARES

  • रास्वपा सांसद असिम शाह र फिल्म हलवाला भाष्कर ढुंगानाबीच जुहारी

    काठमाडौं। काठमाडौंका ब्यावसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र हलवालाका बिच फेसबुकमा जुहारी परेको छ।

    काठमाडौं महानगरपालिकाले ब्यवसायिक भवनमा पार्किङ निशुल्क गराउने निर्णयमा समर्थन जनाएका स्वतन्त्रका सांसद शाहमाथि हलवाला भाष्कर ढुंगाना खनिएका हुन ।

    महानगरपालिकाको निर्णय प्रति सांसद तथा चलचित्र निर्देशकसमेत रहेका शाहले समर्थन जनाएका थिए ।

    ‘हामीले करोडौं खर्च गरेर बनाएको फिल्म हेर्न हाम्रा दर्शकले जति खर्च टिकटमा गर्नुपर्थ्यो, त्यो भन्दाबढि पार्किङको नाममा तिर्नुपर्थ्यो । ग्राहकले कुनै सामान खरिद गरेर बाहिर निस्कदा कतिपय अवस्थामा झण्डै त्यही सामान बराबर मूल्यको पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता थियो ,सिधाभन्दा एक प्रकारको लुट थियो,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन, ‘काठमाण्डू महानगरको पछिल्लो कदमले त्यो अन्त्य भएको छ, जुन स्वागतयोग्य छ । भएको कानुनलाई इमानदार रुपमा कार्यान्वयन गरे मात्र पनि नागरिकले कति राहत पाउछन् भन्ने यो पछिल्लो उदाहरण हो ।’

    सांसदको शाहको समर्थन प्रति जवाफ दिँदै  हलवाला भाष्कर ढुंगानाले कडा प्रतिवाद गरेका छन् ।

    ‘निजि पैसाले भवन बनाउदा चाहिं मलमा सपिङ गर्ने उच्च वर्गलाई  पार्किंग फ्री गर्न पर्ने रे,  जनताको पैसाले बनाएको सडकको र त्यहाँको पसलहरुलाई चाहिं सरकारले पार्किंग तोक्ने रे,’ उनले लेखेका छन, ‘त्यो मात्रै भएन एउटा  रास्वपा  सांसदले समग्र समस्यालाई नहेरी आफ्नो ब्यापारलाई फाइदा हुने हुनाले (भ्रम) यस्तो संसारमा कहिँ नभएको उल्टो नियमलाई समर्थन गरेर स्टाटस लेख्छ। अझै एउटा झुण्डको तालि, अरुलाई झोले भन्दै गालि । ल, माने बा।’

    फिल्म आदिपुरुषलगायत भारतीय फिल्म प्रदर्शनमा रोक लगाए पछि ढुृंगानाको समुह मेयर बालेन शाह बिरुद्ध यसअघि अदालतसमेत गएका थिए ।

    सामाजिकपत्र

    • मंगलवार, श्रावण २ २०८००१:४८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology