• सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उदघाटन गर्ने

प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उदघाटन गर्ने

प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उदघाटन गर्ने

  • 1.7K
    SHARES

  • प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उदघाटन गर्ने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उदघाटन गर्ने भएका छन्।

    लामो समयको प्रतीक्षापछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उदघाटन गर्न लागेको हो।

    आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ।

    बुढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभाबित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहनेछ।

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३ २०८००८:३१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology