• सोमवार, श्रावण ११ गते २०८३

पार्टीको केन्द्रिय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्छ : गगन थापा

पार्टीको केन्द्रिय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्छ : गगन थापा

पार्टीको केन्द्रिय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्छ : गगन थापा

  • 1.9K
    SHARES

  • पार्टीको केन्द्रिय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्छ : गगन थापा

    काठमाडौं- पार्टीको केन्द्रिय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रस्ताव गरेका छन् । झण्डै एक वर्षपछि मंगलबार पार्टी कार्यलयमा सुरु भएको बैठकमा कार्यपत्र प्रस्तुतगर्दै महामन्त्री थापाले अब प्रत्येक दुई महिनामा पार्टीको केन्द्रिय कार्यसमिति बैठक बस्ने र वर्षको दुई पटक काठमाडांै बाहिर राख्नु पर्ने प्रस्ताव गरेका छन् ।

    उनले भने ‘प्रत्येक २ महिनामा एक पटक बैठक बस्ने । आवश्यकताको आधारमा बस्ने । सभापति ज्यूको जिम्मेवारी अधिकार भएकोले बोलाउने कुरा भईहाल्छ । श्रावणमा बसिसकेपछि असोज,मंसिर,माग,चैत ,असारको पहिलो हप्ता बस्ने वर्षको न्युनतम २ वटा बैठक चाहीँ उपत्यका भन्दा बाहिर गर्नुपर्छ भन्ने प्रस्ताव गरेका छौं । ’

    उनले नेपाली कांगे्रसका विभिन्न ४८ वटा विभागहरुमा नयाँ विभाग थप्नु आवश्यकता समेत औल्याए । भाद्र १५ गते सम्ममा सबै विभागहरुको गठन गर्ने र पुर्णता दिइसक्ने र प्रत्येक विभागले कार्यक्षेत्र अन्तर्गत कार्यक्रम बनाई कार्यतालिकासहित वार्षिक योजना भाद्र मसान्त भित्र केन्द्रिय कार्यसमितिमा पेश गर्ने उनको भनाई छ।

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३ २०८००८:५१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology