• सोमवार, श्रावण ११ गते २०८३

ब्वाइफ्रेण्डलाई पोल सुनाएको भन्दै सप्तकोशी किनारमा कुटिएका थिए ३ युवती, बेइज्जत गर्न भिडिओ बनाएर फेसबुकमा पोष्ट

ब्वाइफ्रेण्डलाई पोल सुनाएको भन्दै सप्तकोशी किनारमा कुटिएका थिए ३ युवती, बेइज्जत गर्न भिडिओ बनाएर फेसबुकमा पोष्ट

ब्वाइफ्रेण्डलाई पोल सुनाएको भन्दै सप्तकोशी किनारमा कुटिएका थिए ३ युवती, बेइज्जत गर्न भिडिओ बनाएर फेसबुकमा पोष्ट

  • 2.0K
    SHARES

  • ब्वाइफ्रेण्डलाई पोल सुनाएको भन्दै सप्तकोशी किनारमा कुटिएका थिए ३ युवती, बेइज्जत गर्न भिडिओ बनाएर फेसबुकमा पोष्ट

    विराटनगर- ब्वाइफ्रेण्डलाई कुरा लगाएको विषयमा सुनसरीको बराह क्षेत्र स्थित सप्तकोशी किनारमा युवतीहरूका बिचमा ग्याङ फाइट भएको खुलेको छ ।

    ग्याङफाइट गर्ने युवतीहरू पहिला देखिकै चिनजानका साथीहरू हुन् ।

    उनीहरू बराह क्षेत्र नगरपालिका वडा नम्बर ८, ९ र १० घर भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार युवतीहरूका बीचमा असार २९ सप्तकोशी किनारमा झगडा भएको हो ।

    ब्वाइफ्रेण्डलाई कुरा लगाएको विषयमा फेसबुकमा झगडा भएपछि छलफलका लागि उनीहरू बराह क्षेत्रस्थित सप्तकोशी किनार राजाबासमा भेला भएका थिए ।

    ब्वाइफ्रेण्डलाई कुरा लगाएको र प्रेम सम्बन्धको बारेमा हल्ला फिँजाएको विषयमा उनीहरूका बिचमा विवाद भएको थियो । त्यसपछि ५ जनाको समूहमा रहेका युवतीहरूले ३ जना युवतीहरूलाई कुटेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

    यो पनि पढ्नुहाेस्- सप्तकोशी किनारामा तीन युवतीमाथि निर्घात कुटपिट- एक युवती पक्राउ, चारजना फरार (भिडिओ)

    कुटपिटको भिडियो समेत बनाएर ५ जनाको समूहमा रहेका युवतीहरूले नै सामाजिक सञ्जालमा हालेको भेटिएको प्रहरीको दाबी छ ।

    सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा भने २ जनाले मात्रै कुटाई खाएको देखिन्छ । एक जनाले कुटाइ खाएको भिडियो भने नखिचे पनि घटनामा ३ जना युवती पीडित भएको देखिएको राईले बताए ।

    राईका अनुसार घटनामा संलग्न रहेको आरोपमा बराह क्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बु पक्राउ परेकी छिन् ।

    घटनामा संलग्न बराह क्षेत्र ९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराह क्षेत्र ८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र विनीता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    बराह क्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नबिना विश्वकर्मा र राजा बासकी १९ वर्षीया मनीषा राईलाई प्रीति सहितको पाँच जनाको समूहमा रहेका युवतीहरूले निर्घात कुटपिट गरेका थिए ।

     

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३ २०८००८:५६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology