• सोमवार, श्रावण ११ गते २०८३

असारे विकासको बिकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री प्रचण्ड

असारे विकासको बिकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री प्रचण्ड

असारे विकासको बिकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री प्रचण्ड

  • 1.9K
    SHARES

  • असारे विकासको बिकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन्। बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

    प्रधानमन्त्रीले भने, ‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ। विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु।’

    उनले समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए। उनले भने, ‘राजनीतिक परिवर्तनका हिसाबले हामी सही मार्गमा छौँ। समावेशी लोकतन्त्रले देशका सबै जातजाति, वर्ग, समुदाय, धर्म र लिंगका नेपालीहरुलाई राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक र सामाजिक विकासका हर क्षेत्रमा समाहित गरेको छ। तीनै तहका सरकारहरू नागरिकको हितलाई केन्द्रमा राखेर काम गरिरहेका छन्। नागरिक अपेक्षा सम्बोध्न् गर्ने चुनौती अहिले पनि हाम्रोसामु छ।’

    वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध रहेको उनले बताए। सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको उनले बताए।

     

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३ २०८००१:५५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology