• सोमवार, श्रावण ११ गते २०८३

भ्रष्टाचार प्रकरणमा दोषीलाई उन्मुक्ति दिइदैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार प्रकरणमा दोषीलाई उन्मुक्ति दिइदैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार प्रकरणमा दोषीलाई उन्मुक्ति दिइदैन : गृहमन्त्री श्रेष्ठ

  • 1.9K
    SHARES

  • भ्रष्टाचार प्रकरणमा दोषीलाई उन्मुक्ति दिइदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् ।

    बुधबार काठमाडौंमा आयोजित ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा लगायत प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका हुन् ।

    उनले अहिले व्यक्ति भन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गरे । त्यस्तै श्रेष्ठले राष्ट्र र जनताविरुद्ध भएका कामको प्राथमिकताका आधारमा अनुसन्धान अघि बढाइने पनि जानकारी दिए ।

    उनले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीति सफल गर्ने अभियानमा आफु लागेको पनि धारणा राखे ।

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३ २०८००७:३१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology