• आइतवार, आश्विन ४ गते २०८३

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

  • 2.3K
    SHARES

  • एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

    काठमाडौं । नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    उनका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताकोे जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन् । अध्यक्ष ओली गएराति ११ः०० बजे पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उनका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गरेका थिए । उनी यही साउन ८ गते स्वदेश फर्कनेछन् ।

     

    विकास भट्टराई

    • बुधवार, श्रावण ३ २०८००७:३३:१३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology