• सोमवार, श्रावण ११ गते २०८३

नेपालकी सांसद सोविता गौतमले जितिन् विश्वप्रसिद्ध युवा अवार्ड, आज घोषणा

नेपालकी सांसद सोविता गौतमले जितिन् विश्वप्रसिद्ध युवा अवार्ड, आज घोषणा

नेपालकी सांसद सोविता गौतमले जितिन् विश्वप्रसिद्ध युवा अवार्ड, आज घोषणा

  • 1.8K
    SHARES

  • नेपालकी सांसद सोविता गौतमले जितिन् विश्वप्रसिद्ध युवा अवार्ड, आज घोषणा

    काठमाडौं। नेपालकी सबैभन्दा कान्छी सांसद सोविता गौतमले विश्वको प्रतिष्ठित पोलिटिसियन अफ द इयर अवार्ड जितेकी छिन्। बेलायतको संस्था वान योङ वल्र्डद्वारा दिइने विश्वप्रसिद्ध सो अवार्ड जित्ने उनी पहिलो नेपाली भएकी हुन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएकी सांसद गौतमले विश्वका धेरै मुलुकका युवा राजनीतिकर्मीहरुलाई पछि पार्दै सो अवार्ड जितेकी हुन्। सो अवार्डको आयोजक बेलायती संस्थाले आज विजेतको घोषणा उसको आधिकारिक वेभसाइटमार्फत गरेको छ।

    आआफ्नो देश र समुदायको हीतमा अतुलनीय काम गरेको प्रमाणका आधारमा १८ बर्षदेखि ३५ बर्षभित्रका युवा नेता नेतृहरुका बीचको सो प्रतिष्पर्धामा सांसद गौतम सर्बोत्कृष्ट बन्न सफल भएकी हुन्।

    भ्रष्टाचार नियन्त्रणका लागि असरदार आवाज उठाएको, जनता र समुदायका पक्षमा प्रभावकारी काम गरेको र उनका कामले विश्वका अन्य मुलुकहरुका युवा नेतृत्वलाई समेत सन्देश दिन सफल भएको आधारमा विजेताको छनौट गरिएको सो संस्थाद्वारा जारी सूचनामा जानकारी दिइएको छ।

    प्रत्येक वर्ष विश्वका योग्य युवा राजनीतिकर्मीलाई प्रतिष्पर्धामा सामेल गराई संसार प्रसिद्ध विभिन्न विज्ञहरुलाई निर्णायक राखेर सो अवार्डको विजेता छनौट गरिँदै आएको छ।

    अवार्ड विजेता नेपालकी सांसद गौतमसहतिलाई सो अवार्डबाट सम्मानति गर्न आयोजक संस्थाले आगामी अक्टोवर २ तारिकदेखि ५ तारिकका बीचमा एउटा भव्य समारोह बेलायतमा आयोजना गर्ने भएको छ।

    विभिन्न क्षेत्रमा विश्वका प्रतिष्ठित विज्ञहरुलाई निर्णायक राखेर सो संस्थाले विजेताको छनौट गरेको थियो जसमा मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने जाम्बियाकी विज्ञ, राजनीति विज्ञ तथा कोष्टारिकाकी पहिलो महिला राष्ट्रपति, कानूनविद् एवं अन्तर्राष्टिय फौजदारी अदालत हेगका एक न्यायाधिश र अमेरिकाको कोलम्बिया युनिभर्सिटीका प्रध्यापक रहेका थिए।

    सामाजिकपत्र

    • बिहिवार, श्रावण ४ २०८००९:१०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology