• सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री प्रचण्ड शनिबार इटली जाँदै

प्रधानमन्त्री प्रचण्ड शनिबार इटली जाँदै

प्रधानमन्त्री प्रचण्ड शनिबार इटली जाँदै

  • 2.3K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड शनिबार इटली जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटली भ्रमणको लागि जाँदैछन् ।  संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार इटली जान लागेका हुन् ।

    इटलीमा साउन ८ देखि १० गतेसम्मसंयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रम हुँदै छ ।  उक्त कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

    साथै साइडलाइनमा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)का अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

    प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ इटलीले आयोजना गर्ने इटलीमा रहेका नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।

    प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनको छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् । प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    सामाजिकपत्र

    • शुक्रवार, श्रावण ५ २०८००५:३१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology