• आइतवार, आश्विन ४ गते २०८३

ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश

ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश

ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश

  • 2.2K
    SHARES

  • ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

    बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै अदालतले राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न परमादेश दिएको हो ।

    सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको बताएको छ ।

    अन्य ३ जना बन्दीको रिट अदालतले खारेज गरेको छ । हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा गैरकानूनीरुपमा पक्राउ गरिएको भन्दै राउतसहित सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङले गत १३ असारमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

    Supreme-Court_Faisla-Krishan-bahadur-raut1.jpg

    Supreme-Court_Faisla-Krishan-bahadur-raut2.jpg

    सामाजिकपत्र

    • शुक्रवार, श्रावण ५ २०८००५:३२:०३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology