• सोमवार, श्रावण ११ गते २०८३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, महिला घाइते

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, महिला घाइते

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, महिला घाइते

  • 2.3K
    SHARES

  • धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, महिला घाइते

    काठमाडौं- धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बीरगंजका २५ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । 

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार लमजुङकी अस्मिता पाठक घाइते छिन् । उनको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । 

    काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश–२–००१ ख ८०२९ नम्बरको ट्रकले विपरित दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई आज दिउँसो ३ः१५ बजे ठक्कर दिएको थियो । ओभरटेक गर्ने क्रममा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको डीएसपी जैसवालले जानकारी दिए। ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छ । 

    सामाजिकपत्र

    • शुक्रवार, श्रावण ५ २०८००६:२५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology