• सोमवार, श्रावण ११ गते २०८३

आज काठमाडौं र ललितपुरका यी स्थानमा ८ घण्टा विद्युत् आपूर्ति बन्द हुने

आज काठमाडौं र ललितपुरका यी स्थानमा ८ घण्टा विद्युत् आपूर्ति बन्द हुने

आज काठमाडौं र ललितपुरका यी स्थानमा ८ घण्टा विद्युत् आपूर्ति बन्द हुने

  • 2.6K
    SHARES

  • आज काठमाडौं र ललितपुरका यी स्थानमा ८ घण्टा विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं- आज  काठमाडौं र ललितपुरका केही स्थानमा ८ घण्टा आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा अहिले बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित हुने भएको हो।

    प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ।त्यस्तै पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ। यसैगरी मती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय लगायतका क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ।

    “टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुईवटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ,” प्राधिकरणले भनेको छ, “टेकु सबस्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।”

    bijuli-gum.webp

    सामाजिकपत्र

    • शनिवार, श्रावण ६ २०८००९:१०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology