• सोमवार, श्रावण ११ गते २०८३

बिपी कोइरालाको कार्यकालमा भएजति काम आजसम्म कसैले गर्न सकेको छैनः प्रदीप पौडेल

बिपी कोइरालाको कार्यकालमा भएजति काम आजसम्म कसैले गर्न सकेको छैनः प्रदीप पौडेल

बिपी कोइरालाको कार्यकालमा भएजति काम आजसम्म कसैले गर्न सकेको छैनः प्रदीप पौडेल

  • 2.0K
    SHARES

  • बिपी कोइरालाको कार्यकालमा भएजति काम आजसम्म कसैले गर्न सकेको छैनः प्रदीप पौडेल

    काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले बिपी कोइरालाको  प्रधानमन्त्रीको कार्यकालमा भए जति काम आजसम्म कसैले गर्न नसकेको बताएका छन्।

    बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले बिपीले प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको बताए।

    “आर्थिक दृष्टिकोणविना राजनीति अगाडि बढ्न सक्दैन भन्ने बिपीको विचार थियो, बिपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको धेरै आर्थिक उन्नति गथ्र्यो”, उनले भने।

    बिपी प्रधानमन्त्री भएका बेलामा छ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको नेता पौडेलको भनाइ थियो । कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई बिपी कोइरालासँग जोड्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली उनले बताए।

    बिपी आफ्नो लक्ष्यमा प्रष्ट भएको उनको भनाइ थियो। अठतीस  राजद्रोहको मुद्दा हुँदाहुँदै नेपाल फर्किएका बिपी कोइराला देशको सच्चा नेता भएको नेता पौडेलले बताए।

    सामाजिकपत्र

    • शनिवार, श्रावण ६ २०८००३:३४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology