• सोमवार, श्रावण ११ गते २०८३

बिपीको विचार र दर्शनलाई बोक्ने मात्र होइन, व्यवहारमा पनि उतारौं : मुख्यमन्त्री पाण्डे

बिपीको विचार र दर्शनलाई बोक्ने मात्र होइन, व्यवहारमा पनि उतारौं : मुख्यमन्त्री पाण्डे

बिपीको विचार र दर्शनलाई बोक्ने मात्र होइन, व्यवहारमा पनि उतारौं : मुख्यमन्त्री पाण्डे

  • 1.9K
    SHARES

  • बिपीको विचार र दर्शनलाई बोक्ने मात्र होइन, व्यवहारमा पनि उतारौं : मुख्यमन्त्री पाण्डे

    गलकोट- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले बिपी कोइरालाले देखाएको बाटोमा नेपाली काँग्रेस हिँडे पनि उनले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन्।

    नेपाली काँग्रेस बागलुङले आज ४१औँ बिपी स्मृति दिवसका अवसरमा प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण पछि काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले बिपीलाई व्यक्ति होइन विचार हो भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए। उनले बिपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताए।

    ‘बिपीले देखाएको बाटोमा काँग्रेस हिँडिरहेको छ, अन्य दलहरूले समेत बिपीको विचारलाई मान्ने गरेका छन्, तर बिपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन नसकेको अवस्था छ,’ मुख्यमन्त्री पाण्डेयले भने, ‘उहाँले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आआफ्नो स्थानबाट लागौं, देशमै उद्योगधन्दा, कलकारखाना र पर्यटनका माध्यमबाट देश आर्थिक समृद्धितर्फ जानेछ।’

    अब बिपीको विचार र दर्शनलाई बोकेर मात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्ताहरूलाई मुख्यमन्त्रीले आग्रह गरे। उनले वृक्षारोपणसँगै कालिका मन्दिरको दर्शन गरेका थिए। कालिका मन्दिर परिसरमा ४१औँ बिपी स्मृति दिवसका अवसरमा ४१ रुद्राक्षका बिरुवा वृक्षारोपण गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए।

    सामाजिकपत्र

    • शनिवार, श्रावण ६ २०८००४:२९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology