• सोमवार, श्रावण ११ गते २०८३

देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ

  • 2.1K
    SHARES

  • देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ

    काठमाडौं- शका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–७ बुद्वपार्कस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब १० केजीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा नवलपरासी सुनवल नगरपालिका–१२ बस्ने ३६ वर्षिय ईन्द्र बहादुर डाला मगर र १९ वर्षीय आशिष विक रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई गाडीको प्रतीक्षा गरिरहेको अवस्थामा उक्त गाँजासहित पक्राउ गरेको हो । धादिङकै बेनिघाट गाउँपालिका–५ बिशालटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–२० मालेपाटन बस्ने २० वर्षीय भुमिजङ खड्का, धादिङ निलकण्ठ नगरपालिका–६ घर भई पोखरा न्युरोड बस्ने २८ वर्षीय सुमन लम्साल र ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई पोखरा लेकसाइड बस्ने ३४ वर्षीय विकास बस्नेत रहेका छन् । प्रहरी चौकी बेनिघाटबाट खटिएको प्रहरीले ग.१८ प ७११३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

    कैलालीको धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका–४ बस्ने ३७ वर्षीय वीरेन्द्र खड्कासमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

     

    सामाजिकपत्र

    • आइतवार, श्रावण ७ २०८००४:५९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology