• सोमवार, श्रावण ११ गते २०८३

नेतृत्वलाई खुइल्याउने कुरा कसैले पनि गर्नुहुँदैन : डा. महत

नेतृत्वलाई खुइल्याउने कुरा कसैले पनि गर्नुहुँदैन : डा. महत

नेतृत्वलाई खुइल्याउने कुरा कसैले पनि गर्नुहुँदैन : डा. महत

  • 2.0K
    SHARES

  • नेतृत्वलाई खुइल्याउने कुरा कसैले पनि गर्नुहुँदैन : डा. महत

    काठमाडौं- नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा उनले नेतृत्वलाई अनावश्यक गालीगलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन्।

    उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्ने कुरा कसैले कहीँबाट पनि गर्न नहुने बताए। उनले आपसमा गालीगलौज नगरी एकताबद्ध भएर अगाडि बढेमा काँग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने बताए। उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताए।

    डा. महतले भने, ‘आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन। हाम्रो पार्टीको दृष्टिकोण छैन। हाम्रो पार्टीको मिसन छैन। हाम्रो पार्टीको भिजन छैन, त्यो होइन। हाम्रो पार्टीको मिसन छ। हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं। उच्च मनोबलका साथ जनतामा जान्छौं।’

    उनले अगाडि थपे, ‘हामी त खत्तम भइसक्यौं। हाम्रो अब भविष्य छैन। फलानोले गर्दाखेरि पार्टी यो ठाउँमा पुग्यो। ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौं भने जतिसुकै, जति वटा कार्यक्रम गरे पनि हामीले हाम्रो जनाधार विस्तार गर्न सक्दैनौं। अनावश्यक किसिमको गालीगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने कुरा र नभएकोलाई पनि भएको जस्तो गरी प्रस्तुत गर्ने कुरा हामी कहीँ कतैबाट, कसैले पनि गर्नुहुँदैन।’

    सामाजिकपत्र

    • आइतवार, श्रावण ७ २०८००५:०७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology