• सोमवार, श्रावण ११ गते २०८३

सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ

सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ

सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ

  • 3.1K
    SHARES

  • सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ

    काठमाडौं- एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।

    राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

    आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।

    यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

    ‘तस्करीको सुन जाँचपासमा संलग्न एक अधिकृतसहित तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्ट पक्राउ गरी म्याद थपको लागि पठाइएको छ’ विभाग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान जारी छ ।’

    यसअघि गत मंगलबार, बुधबार र बिहीबार गरेर राजस्व अनुसन्धान विभागले सुन तस्करी संलग्न १० जनालाई नियन्त्रणमा लिएको थियो ।

    गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण ७ २०८००५:२०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology