• आइतवार, आश्विन ४ गते २०८३

गोरखामा ३० बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

गोरखामा ३० बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

गोरखामा ३० बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

  • 2.5K
    SHARES

  • गोरखामा ३० बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    गोरखा- गोरखामा ३० बर्षका एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पालुङटार नगरपालिका वडा नम्बर.६ जुडीखोलाकी ३० बर्षकी महिलालाई यहीँ ३ गते राती अन्दाजी ११ः ३० बजेको समयमा बलात्कार गरेको आरोपमा २७ बर्षका नरेश तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी समेत रहनु भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

    पक्राउ परेको तामाङले महिलालाई विभिन्न डर–त्रास, धाक–धम्की दिई जबरजस्ती करणी गरेको पिडितले दावी गरेको छ । घटना पछि पिडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका तामाङ आइतवार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण ८ २०८०१२:००:२७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology