• सोमवार, श्रावण ११ गते २०८३

गोरखापत्रका अध्यक्षलाई भ्रष्टचारको मुद्धा, १२ जनाको नियुक्ती खारेज गर्न निर्देशन

गोरखापत्रका अध्यक्षलाई भ्रष्टचारको मुद्धा, १२ जनाको नियुक्ती खारेज गर्न निर्देशन

गोरखापत्रका अध्यक्षलाई भ्रष्टचारको मुद्धा, १२ जनाको नियुक्ती खारेज गर्न निर्देशन

  • 2.0K
    SHARES

  • गोरखापत्रका अध्यक्षलाई भ्रष्टचारको मुद्धा, १२ जनाको नियुक्ती खारेज गर्न निर्देशन

    काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीलाई भ्रष्टचारको मुद्दा चलाउन सिफारिस गरेको छ ।

    सतर्कता केन्द्रले तोक आदेशको आधारमा करारमा पत्रकारसहित १२ जनालाइ नियुक्त गरेको भन्दै भ्रष्टचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको हो ।

    विधि र प्रक्रिया विपरीत तोक आदेशको भरमा नियुक्ति दिइएको भन्दै सतर्कता केन्द्रले कार्यकारी अध्यक्ष सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ ।

    सुवेदी कार्यकारी निर्देशक बनेर आए पछि गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गरेका थिए । यसरी नियुक्त गर्दा बिद्यि र प्रक्रिया मिचेको केन्द्रको निष्कर्ष छ ।

    ‘गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनयमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो,’ सतर्कता केन्द्रले भनेको छ । उसका अनुसार सो कार्य छानबिनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टि हुन पुगेको थियो ।

    सो नियुक्तिहरु खारेज गरी गोरखापत्र संस्थानको कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी निर्देशक विष्णुप्रसाद सुवेदीलाई कारबाही गर्न सतर्कता केन्द्रले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको हो ।

    सामाजिकपत्र

    • बुधवार, श्रावण १० २०८००९:४०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology