• आइतवार, आश्विन ४ गते २०८३

नेपाली राजनीतिमा काँग्रेसको विकल्प छैन : नेता कोइराला

नेपाली राजनीतिमा काँग्रेसको विकल्प छैन : नेता कोइराला

नेपाली राजनीतिमा काँग्रेसको विकल्प छैन : नेता कोइराला

  • 2.6K
    SHARES

  • नेपाली राजनीतिमा काँग्रेसको विकल्प छैन : नेता कोइराला

    काठमाडौं। नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली राजनीतिमा काँग्रेसको विकल्प नभएको बताएका छन्। काँग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व काँग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने बताए।

    मुलुकको विकासको संवाहकसमेत काँग्रेस भएको जिकिर गर्दै नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्धि काँग्रेसले मात्र दिन सक्ने स्पष्ट पारे। विगत ६ दिनदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी र देशको बारेमा गम्भीर समीक्षा गरेकाले काँग्रेसको पक्षमा माहोल सिर्जना भएको उनले उल्लेख गरे।

    चियापान कार्यक्रममा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीत्रय भीष्मराज आङ्देम्बे, बद्रीप्रसाद पाण्डे र जीवन परियार, काँग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महत, नेता डा शेखर कोइरालालगायतको उपस्थिति थियो।

    चियापान कार्यक्रममा काँग्रेसका पूर्व पदाधिकारी, मन्त्री, वर्तमान पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतको उपस्थिति रहेको थियो।

    सामाजिकपत्र

    • बुधवार, श्रावण १० २०८००२:३५:२९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology