• सोमवार, श्रावण ११ गते २०८३

को हुन् सुन तस्करी प्रकरणमा मुछिएका राकेशकुमार अडुकिया ?

को हुन् सुन तस्करी प्रकरणमा मुछिएका राकेशकुमार अडुकिया ?

को हुन् सुन तस्करी प्रकरणमा मुछिएका राकेशकुमार अडुकिया ?

  • 2.8K
    SHARES

  • को हुन् सुन तस्करी प्रकरणमा मुछिएका राकेशकुमार अडुकिया ?

    काठमाडौं- पछिल्लाे समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकाे भन्सार पास भएर सिनामंगलमा समातिएकाे सुन प्रकणमा राकेशकुमारअडुकिया चर्चामा रहेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी अडुकियाको घरमा बुधबार राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेपछि एकाएक उनी चर्चामा आएका हुन् ।

    तस्करीमा संलग्न भएको आरोपमा कमलपोखरीस्थित अडुकियाको घरमा छापा मार्दा भने उनले नेपाल छाडिसकेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुँदै गर्दा तस्करीको १ क्विन्टल सुन बरामद गरेको एक साता बितेपछि राजस्वको टोलीले अडुकियाको पनि संलग्नता रहेको आशंका देखेको थियो । त्यसपछि बुधबार राजस्वको टोलीले उनको घरमा छापा मारेको हाे ।

    अनुसन्धानका क्रममा उनी नेपाल भारत दुबै देशको राहदानी भएका व्यवपारी रहेको खुलेको स्रोतको दाबी छ । उनले काठमाडौं, दिल्ली, दुबई, हङकङको भ्रमण गरिरहने गरेको रिपोर्ट कार्ड देखिएपछि झनै संकामा आएको विभागको दाबी छ।

    को हुन् अडुकिया ?

    एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको सर्वाधिक खोजी सूचीमा रहेका पात्र हुन् अडुकिया। उनी सेयर बजारका चर्चित खेलाडीसमेत हुन्।

    अडुकिया जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश भ्रमण गर्ने गरेको खुलेको छ । अहिले हङकङबाट काठमाडौं आएको १ क्विन्टल सुन बरामद हुनु र उनी यसको ठिक एक महिना अघि मात्रै हङकङ जानुले यो सुनको साइनो अडुकियासम्म पुग्ने आशंका राजस्व अनुसन्धान विभागको रहेकाे छ।

    उनी गत जुन २६ मा नेपाल वायु सेवा निगमको उडानमार्फत् दिल्ली पुगेका थिए । दिल्लीबाट उनी हङकङ पुगेका थिए । हङकङमा अडुकियाले १२ दिन बिताएका थिए । १२ दिनसम्म हङकङमा बसेर के गरे भन्ने नखुले पनि उनले त्यहाँ अहिले बरामद भएको सुनको सम्पूर्ण बन्दोबस्द मिलाउने काम गरेको आशंका गरीएकाे छ ।

    जुलाई ५ मा उनी हङकङबाट दुबई हुँदै काठमाडौं आइपुगेका थिए । उनले हङकङ जान विशेष गरी दिल्ली, दुबई, थाइल्याण्डको रुट प्रयोग गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

    पछिल्लो ६ महिनादेखि हङकङ आउजाउ गरिरहेको देखिएकाले यो सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आशंका गरिएको छ । हङकङको टुर संकास्पद देखिएपछि उनको घरमा छापा हाने पनि अडुकियाले भने देश छाडिसेकका पाइएको छ । गोर्खा विकास बैंक काण्डपछि उनी सेयर बजारको ठूलो खेलाडीबाट विस्थापित भएका थिए । त्यसपछि उनी सुनको धन्दामा लागेको हुनसक्ने आशंका गरिएकाे छ ।

    गोर्खा विकासमार्फत् सर्वसाधारणको करौडौं निक्षेप डुबाउनेमा पनि उनको मुख्य भूमिका रहेको थियो । गोर्खा बैंक प्रकरणमा उनी पक्राउ परेर पुनरावेदन अदालतले अन्तरिम आदेश दिएपछि छुटेका थिए । उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा भने कायमै रहेको छ । पछि उनले वेल्थ एक्सचेन्ज नामको कमोडिटी मार्केटिङ कम्पनी समेत खोलेका थिए ।

    सामाजिकपत्र

    • शनिवार, श्रावण १३ २०८००९:२६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology