• सोमवार, श्रावण ११ गते २०८३

सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे

सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे

सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे

  • 2.0K
    SHARES

  • सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे

    गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभ्ने(मर्जर) प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् ।

    नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले विद्यार्थी सङ्ख्या, लगानी सबैलाई हेर्दा सामुदायिक क्यम्पस एकआपसमा गाभ्दा लगानीअनुसारको प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे ।

    सरकारले उच्च शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

    गण्डकी प्रदेश सरकारले सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनिक गरी रु एक करोड ७५ लाख रकम विनियोजन गरेको जानकारी दिँदै उनले भने, “कार्यक्रमको प्रभावकारिताका आधारमा बजेटमा वृद्धि गरिनेछ ।”

    क्याम्पसले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति विदेशिने दर न्यूनीकरण गर्न व्यावसायिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले क्याम्पसको स्वामित्वमा जग्गा ल्याउने गरी कानुन निर्माण गरिने बताए ।

    कार्यक्रममा प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगर, कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, सामुदायिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष शत्रुधन गुप्तालगायतको सहभागिता रहेको थियो ।

    नेपाल सामुदायिक क्याम्पस सङ्घ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका विभिन्न क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, प्राध्यापक सङ्घका अध्यक्ष र क्याम्पस प्रमुखको सहभागिता रहेको थियो ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण १४ २०८००५:०८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology