• आइतवार, आश्विन ४ गते २०८३

केन्द्रीय समितिको बैठक लाइभ गर्ने माओवादीको निर्णय

केन्द्रीय समितिको बैठक लाइभ गर्ने माओवादीको निर्णय

केन्द्रीय समितिको बैठक लाइभ गर्ने माओवादीको निर्णय

  • 2.2K
    SHARES

  • केन्द्रीय समितिको बैठक लाइभ गर्ने माओवादीको निर्णय

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरुङले जानकारी दिए।

    बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुने पार्टीका महासचिव देव गुरुङले जानकारी दिए। बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको उनले बताए। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि सुरु हुँदैछ। बैठक २१ गतेसम्म चल्नेछ।

    बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई जिम्मा दिइएको महासचिव गुरुङले बताए। अध्यक्ष प्रचण्डले तयार पारेको प्रतिवेदनलाई १७ गते बिहान बस्ने स्थायी कमिटी बैठकले पारित गरी छलफलका लागि केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण १५ २०८०११:५१:४५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology