• सोमवार, श्रावण ११ गते २०८३

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी

  • 2.2K
    SHARES

  • अधिवक्ता भगवती पाण्डेलाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी

    काठमाडाैं- नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे (शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ।

    संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ, मगर लगायत आदिवासी समुदायविरोधी अभिव्यक्तिपछि मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि पक्राउ नगरिएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएको दिएको हो।

    पाण्डेलाई पक्राउ गर्न आनाकानी गरे दवावका लागि जिल्ला प्रहरी परिसर काठमाडौं घेराउ गर्ने, देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र देशैभर प्रदर्शन गर्ने संघले जनाएको छ ।

    संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपाल बहुभाषिक, बहुसंस्कृतिक मुलुक भएकाले देशको विविधता अनुसार संविधान अनुसार चल्नुपर्ने बताए।

    उनले साउन ९ गते अधिवक्ता भगवती पाण्डे बिरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी जारी गरेपनि पाण्डेलाई पक्राउ गर्न आनाकानी गरिरहेको उल्लेख गरे।

    पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको संघको निष्कर्ष छ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण १५ २०८००१:०६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology